विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई


काठमाडौं, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक आफ्नो विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दुर्गा पाठकलाई सुम्पेएको छ ।

यसअघि क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दिएको क्यान दोस्रो पटक विधान विपरीत गएको हो ।

क्यानको विधान अनुसार धारा २८ मा पदपूर्ति सम्बन्धी व्यवस्था गरेको छ । धारा २८ को १ मा पूर्व पदाधिकारी सदस्यलाई सुम्पिएको जिम्मेवारी अन्य पदाधिकारीलाई सुम्पिन सक्नेछ । जस अनुसार क्यानको अध्यक्ष बाहेकको पदाधिकारीको पद रिक्त भएमा कुनै अर्को पदाधिकारीले सम्हाल्नेछ । अध्यक्षको हकमा भने पद रिक्त भएको अवस्थामा उपाध्यक्षले बहन गर्ने उल्लेख छ ।

मल्लको हकमा साधारण सभाबाट पारित गरेर जिम्मेवारी पाएका थिए । क्यानमा जम्मा चार जना पदाधिकारी छन् । जसमा दुई पद रिक्त छ ।उपाध्यक्ष भएको खण्डमा उपाध्यक्षलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने मनसाय बनाएको क्यानले सदस्यलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने भएको हो ।

अब पाठकलाई क्यानको फागुनमा बस्ने साधारण सभाले अनुमोदन गर्नेछ । यदि साधारण सभाबाट पारित नभए उनको पद स्वतः रद्द हुनेछ ।क्यानका अध्यक्ष चतुर बहादुर चन्दले अहिले आफूहरूले पदाधिकारी नभएको अवस्थामा कामचलाउको रूपमा पाठकलाई नियुक्त गरेको र साधारण सभाबाट बाधा अड्काउ फुकाऊ गरेर पारित गर्ने बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार