जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ


जनकपुरधाम, १८ माघ । धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट बिचौलियाको काम गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साह रहेका छन् ।

साहले जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीलाई काम छिटो छरितो रुपमा गराइदिन्छु भनि आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले बिहीबार दिउँसो करिब २ बजेको समयमा सेवाग्राहीहरूसँग वार्गेनिङ्ग गरिरहेको अवस्थामा साहलाई पक्राउ गरेको डीएसपी क्षेत्रीले बताए ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार