मिटरको तार जोड्न पोलमा चढेका युवकको करेन्ट लागेर मृत्यु


जनकपुरधाम । धनुषामा विद्युत् मर्मतका क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना बिहीबार बिहान पौने १० बजेतिर भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार छिमेकीको घरमा विद्युत् बिग्रिएपछि मर्मत गरिदिन आग्रह गरिएपछि साह बिजुलीको पोलमा चढेका थिए । विद्युत् मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी साहको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको डीएसपी खनालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार