महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–९ पतलैयामा रातु खोलाको बाढी बस्ती नजिकसम्म पुगेपछि स्थानीयस्तरमा सतर्कता बढाइएको छ ।
खोलामा आएको बाढीका कारण जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय टोलीहरूलाई स्थलगत रूपमा परिचालन गरिएको छ ।
टोलीहरूले बाढीको अवस्था र सम्भावित जोखिम क्षेत्रको अनुगमन गरिरहेका छन् ।
बाढी बस्ती नजिकसम्म आइपुगेकाले स्थानीयवासीलाई नदी तथा खोलाको किनारतर्फ नजान र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
साथै, अवस्था थप प्रतिकूल हुन सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


