शवको कानबाट सुन निकाल्ने दुइ जना पक्राउ


काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको सुन निकाल्ने व्यक्ति पक्राउ परेका छन् । शवबाट कानको मुन्द्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

उनीहरूलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो । चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । पक्राउ परेका दुवैमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार