राष्ट्रिय परिचयपत्र सबैला नगरपालिकाबाटै बनाउन माग गर्दै युवा नेता बीपी साहको धर्ना


जनकपुरधाम । राष्ट्रिय परिचयपत्र बनाउन स्थानीय बासिन्दालाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न माग गर्दै युवा नेता बीपी साहले सबैला नगरपालिकामा धर्ना सुरु गरेका छन्।

साहले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सबैला नगरपालिकाबाटै मिलाउन माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेका हुन्। उनले आफ्नो माग पूरा नभएसम्म दैनिक बिहान १० बजेदेखि ११ बजेसम्म नगरपालिकाको कार्यालय परिसरमा धर्ना बस्ने बताएका छन्।

स्थानीयस्तरमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था नहुँदा सर्वसाधारणले समय र खर्च दुवै व्यहोर्नुपरेको भन्दै साहले नगरपालिकाबाटै सेवा उपलब्ध गराउन माग गरेका छन्।

साहले सम्बन्धित निकायले आफ्नो मागप्रति गम्भीरता नदेखाएसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

युवा नेता बीपी साह यसअघि जनमत पार्टीका केन्द्रीय नेता थिए। पार्टीबाट कारबाहीमा परेपछि उनी स्वतन्त्र रूपमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार