जनकपुरधाम । एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामको बैठकले जनकपुरधामका बुद्धिजीवी तथा समाजशास्त्री डा. सुशीलकुमार यादवलाई संस्थाको सल्लाहकारमा मनोनीत गरेको छ।
संस्थाका अध्यक्ष मनिष श्रीओमको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँचवटा निर्णय गर्दै डा. यादवलाई सल्लाहकारमा मनोनीत गरेको हो। डा. यादव त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत हुन्।
बैठकले कार्यसमितिमा सपथ लिन बाँकी रहेका कैलाश प्रसाद, सञ्जय प्रसाद साह र डा. सुशीलकुमार यादवलाई सपथ ग्रहण गराई सक्रिय बनाउने निर्णय गरेको छ।
त्यसैगरी संस्थाका पुराना सदस्यहरूलाई सम्पर्कमा ल्याई सदस्यता नवीकरण गराएर सक्रिय बनाउन सचिव अम्बिका प्रसाद कर्णको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ। उपसमितिमा मुकेश ठाकुर र सञ्जय प्रसाद साह सदस्य रहेका छन्।
यस्तै, बलपूर्वक बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवस मनाउन कमल साहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ। समितिमा मुकेश ठाकुर र फूलकुमारी सदस्य रहेका छन्।
बैठकले संस्थाका कार्यसमिति सदस्य कैलाश प्रसादका बुबाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
बैठकका निर्णयहरू संस्थाका सचिव अम्बिका प्रसाद कर्णले सार्वजनिक गरेका हुन्।


