नेपाल प्रेस युनियन सप्तरीको आठौँ जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अध्यक्षमण्डलको बैठकले युनियनको विधानअनुसार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता, महिला उपाध्यक्षमा ललिताकुमारी साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव र कोषाध्यक्षमा लोकेन्द्रप्रसाद यादव चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णान्त देव, महेन्द्र सदा र गायत्रीकुमारी सेठ चयन भएका छन्।
अधिवेशनबाट केन्द्रीय पार्षदमा मुरलीप्रसाद यादव, श्रवणकुमार देव, विनयकुमार लाल कर्ण, ओमप्रकाश साह, संजीनविक्रम साह र अर्जुनप्रसाद साह चयन भएका छन्। यस्तै प्रदेश पार्षदमा गणेशलाल देव, रमानन्द देव, निराजकुमार मण्डल, अरुणकुमार यादव, सन्तोषकुमार साह र प्रतिमाकुमारी चौधरी चयन भएका छन्।
नेपाल प्रेस युनियनको विधानअनुसार प्रदेश समितिका पदाधिकारी सदस्य स्वतः प्रदेश पार्षद रहने व्यवस्था भएकाले नरेशकुमार चौधरी, पवन मिश्र र शैलेन्द्र सिंहलाई पनि सोहीअनुसार प्रदेश पार्षद कायम गर्ने निर्णय भएको अध्यक्षमण्डलले जनाएको छ।
अधिवेशनका लागि गठित अध्यक्षमण्डलमा मुरलीप्रसाद यादव, धीरेन्द्रप्रसाद साह, अर्जुनप्रसाद साह, श्रवणकुमार देव, मिथिलेश यादव, ओमप्रकाश साह तथा केन्द्रीय सचिव एवं प्रतिनिधि अजित तिवारी रहनुभएको थियो। निर्वाचन समितिका संयोजक गणेशलाल देव तथा सदस्यहरू शम्भुलाल देव र नरेशकुमार चौधरीका साथै नेपाली कांग्रेस सप्तरीका सचिव सनतकुमार मण्डललगायतको उपस्थितिमा शनिबार राति सर्वसम्मत रूपमा कार्यसमिति चयन गरिएको हो।


