धबौलीमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न


जनकपुरधाम २४

धबौलीमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । Unite to End Digital Violence Against All women & Girls  भन्ने मूल नाराको साथ लैंङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहीदनगर नगरपालिकाको वडा नं. ७ को आधारभूल विद्यालय समुदायको किशोरी समुह विच हाजिरी जवाफ प्रतियोगीता भएको हो । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (न्क्क्) ले शहीदनगर नगरपालिकाको वडा नं. ७ मा बालिका संरक्षणको विषयमा काम गर्दै आएको छ ।
धबौली टोलका ५५ जना किशोरीहरु सहभागि भएको कार्यक्रममा समुदायका अभिभावकहरु पनि सहभागि थिए । लैङ्गिक हिंसा सम्वन्धि प्रश्नहरु गरिएको थियो । ४ समुहमा भएको कार्यक्रममा पुरस्कार वितरण तथा लैङ्गि हिंसाबारेमा भिडियो प्रदर्शनी र प्रस्तुतिकरण समेत गरिएको थियो ।
पुरस्कार वितरण पश्चात विद्यालय को प्रधान अध्यापक विनोद चौधरीले किशोरी हरुको सक्रिय सहभागि भएकोमा र एस्ता कार्यक्रमले समुदायमा हुने हिंसा र दुव्र्यवहार कमी ल्याउने र हिंसा पिडितले कहाँ कसरी उजुरी गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको वताउनु भयो । जानकी महिला जागरण समाजको अध्यक्ष मन्दा कुमारी कर्ण ले प्रविधिको प्रयोग गर्दा खास गरी मोवाइल र इन्टरनेट प्रयोग गर्दा किशोरी लाई आई पर्ने हिंसा,दुव्र्यवहार , बाल विवाह न्युनिकरणमा सहयोग पुग्ने तथा भोलिको दिनमा अध्ययनमा समेत उर्जा थपेको वताउनु भयो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार