मधेस भवन अगाडी मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु


जनकपुरधाम – जनकपुरधामस्थित मधेस भवन अगाडी भएको मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक ५० वर्षिय देवेन्द्र यादवको मृत्यु भएको हो ।
मृतक यादव लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ सोहनीका थिए । बिहान कार्यालय आउन लाग्दा मधेस भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले चलाएरको मोटरसाइकले ठक्कर दिँदा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको चालकसंग चालक अनुमति पत्र नरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार