सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि


काठमाडौँ, भदौँ २८ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज शोकस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संविधानसभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।

यता एमालेले उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जनाएअनुसार शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पु¥याइने छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार