सुपर सिक्स : जिम्बाबेले ओमनलाई १४ रनले हरायो


काठमाडौं, १४ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणको पहिलो खेलमा बलियो जिम्बाबेले ओमनलाई १४ रनले हराएको छ । ओमनले अन्तिम समयसम्म जिम्बाबेलाई गतिलो चुनौति दिएको थियो ।

टस हारी पहिलो ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३२ रन बनाएको थियो । जिम्बाबेका लागि तेस्रो नम्बरका ब्याट्सम्यान सिन विलियम्सले सतकीय पाली खेलको थिए । उनले एक सय ४२ रन बनाए ।

विलियम्सले एक सय तीन बलको सामना गरी तीन छक्का र १४ चौका हिर्काएका थिए । लुक जोङ्वेले टोलीको खातामा अविजित ४३ रन थपे । सिकन्दर राजाले ४२ रन बनाए । कप्तान क्रेग एर्भिनले २५ रन जोडेका थिए । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले उत्कृष्ट ब्याटिङ गरे पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय १८ रनमात्र बनाउन सक्यो ।

ओमनका लागि ओपनर ब्याट्सम्यान काश्यप प्रजापतीले एक सय तीन रनको योगदान गरे । उनले केवल ९७ बलमा एक छक्का र १२ चौका प्रहार गरे । अयान खानले ४७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान अकिब ईलियस ४५ रनमा आउट भए ।

कप्तान जिसन मक्सुद ३७ रन जोडे । मोहम्मद नदिमले अविजित ३० रनको योगदान गरे । ओमनले अतिरिक्त रुपमा २० रन पायो । जिम्बाबेका बलर तेन्डाई ताटरा र ब्लेसिङ मुजारबानीले तीन—तीन विकेट लिए । रिचर्डले पनि दुई विकेट हात पारे ।

सिकन्दर राजाले एक विकेट लिए । विश्वकप छनोटमा शुक्रबार सुपर सिक्स चरणमा नेदरल्यान्ड्स र श्रीलंकाबीच खेल हुनेछ । शुक्रबार नै प्लेअफ चरणको पहिलो खेलमा अमेरिका र आयरल्यान्ड भिड्नेछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार