विस्फोटमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ


बुटवल, १४ असार । रुपन्देहीका विभिन्न तीन स्थानमा भएका विस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकले बताए ।

तीन दिनअघि पक्राउ परेका उनीहरुबाट लु८५प ६१२१ र लु२०प २५७२ नम्बरको पल्सर मोटसाइकल १/१ थान, पोको, रियलमी, रेडमी, ट्याम्बो र नोकिया मोबाइल १/१ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार