सेनेगलले ब्राजिललाई ४–२ ले हरायो


काठमाडौं, ६ असार । विश्व विजेता ब्राजिलविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सेनेगलले उत्कृष्ट जित निकालेको छ । गएराति पोर्चुगलको लिस्वनमा सम्पन्न खेलमा १–० को अग्रता उल्टाउँदै ब्राजिलविरुद्ध सेनेगलले ४–२ को जित निकालेको हो ।

सेनेगलको जितमा साडियो मानेले २, हबिब डियालोले एक गोल गरे । सेनेगलले एक गोल भने उपहार प्राप्त ग¥यो । ब्राजिलका लागि लुकास पाक्वेटा र मार्किन्हसले मात्र गोल गर्न सके ।

खेलको ११औँ मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ब्राजिलको अग्रता २२औँ मिनेटमा हबिब डियालोले गोल गर्दै तोडियो ।

५२औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि सेनेगलले २–१ को अग्रता पायो । ५५औँ मिनेटमा साडियो मानेको गोलबाट सेनेगल ३–१ ले अघि बढ्यो ।

५८औँ मिनेटमा ब्राजिलका मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । तर, इन्जुरी समयमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ४–२ को जित दिलाए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार