काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ ।
महानगरपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन् ।
यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका हुन् ।


