काठमाडौं, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन् । उनले शुक्रबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्की आजै राष्ट्रपतिबाट नियुक्त भएका हुन् ।
प्रधानन्यायाधीश कार्कीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत उपस्थित थिए ।


