जनकपुरधाम, २३ जेठ । नागरिकता विधेयक लागू गर्नुपर्ने माग गर्दै संयुक्त विद्यार्थी गठबन्धनले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक लागु गरेपनि सर्वोच्च अदालतले नागरिकता सम्बन्धी कानुन बनाएर मात्र नागरिकता दिन भनेपछि संयुक्त विद्यार्थी गठबन्धनले विरोध जनाएको हो ।
नागरिकताविहिनहरुलाई नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै स्थानीय भानुचोकदेखि जनकचोकसम्म विरोध प्रदर्शन गरिएको विद्यार्थी नेता विकास यादवले जानकारी दिए ।
प्रर्दशनमा सहभागीहरुले मधेस विरोधी सर्वोच्च अदालत मुर्दावाद, मधेस विरोधी पार्टी मुर्दावादलगायतका नारासमेत लगाएका थिए ।विरोध प्रदर्शनमा सहभागी विद्यार्थी र प्रहरीबीच जनकचोकमा सामान्य झडपसमेत भएको थियो ।
विरोध प्रदर्शनमा समाजवादी विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, लोसपा विद्यार्थी संघ, जनमत विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (एकीकृत समाजवादी पार्टी)का विद्यार्थी नेताहरुको वाक्लो उपस्थिती रहेको थियो ।


