एजेन्सी, २२ जेठ । भारत सरकारले डेढ करोड भारतीय रुपैयाँ मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ ।
भकपा माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको प्रवक्ता अभयले जनाएको हो ।
माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले एक प्रेस विज्ञप्ति जारी गर्दै नेता सुदर्शनको हृदयाघातका कारण निधन भएको जनाएका हुन् ।
भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारतीय रुपैयाँ तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भाकपा माओवादीभित्र आनन्द, भास्कर, मोहन, वीरेन्द्र, रमेश, महेश र एएन नामबाट पनि परिचित थिए ।
तलंगनाको आदिवाबाद घर भएका उनी ६६ वर्षको उमेरमा उनको निधन भएको हो । उनी भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न रहेको आरोप छ ।
भारतीय प्रहरीले जनाएअनुसार सन् १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत रहेको छ ।


