एजेन्सी, ६ जेठ । कांग्रेसका वरिष्ठ नेता सिद्धरामैयाले कर्नाटकको मुख्यमन्त्रीको शपथ लिएका छन् ।
सिद्धरामैयाले दोस्रो पटक राज्यको जिम्मेवारी सम्हालेका हुन् ।
सिद्धरामैया पछि डीके शिवकुमारले शपथ लिएका हुन् । उनी सिद्धरामैया क्याबिनेटमा उपमुख्यमन्त्री बनेका छन् ।
यससँगै सिद्धरामैया सरकारमा सामेल भएका क्याबिनेट मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
मन्त्रिपरिषद्को शपथ ग्रहण गरेका प्रमुख नेताहरू – जी.भगवान, के.एच मुनिप्पा, केजे जर्ज, एमबी पाटिल, सतीश जारकीहोली, प्रियांक खर्गे, रामलिंगा रेड्डी र बीजेड जमीर अहमद खान ।


