जनकपुरधाम, ६ जेठ । जनकपुरधामबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।
शनिबार बिहान जनकपुरधामबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखेपछि उडान स्थगित भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एयरको विमानमा मुसा देखिएको पुष्टि गरे ।
४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको थियो ।
काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।


