‘ए’ डिभिजन लिग : थ्रीस्टार मच्छिन्द्रसँग र चर्च ब्वाइज आर्मीसँग पराजित


काठमाडौं, ३० बैशाख । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लब मच्छिन्द्र फुटबल क्लबसँग पराजित भएको छ ।

शनिबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्रीस्टारलाई १–० ले हराएको हो ।

मच्छिन्द्रको जितमा एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौँ मिनेटमा गरेका थिए । जितसँगै मच्छिन्द्रले १७ खेलबाट २७ अंक जोडेको छ । समान खेलबाट थ्रीस्टारको २५ अंक छ ।

शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० ले नै हरायो । हारपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो ।

खेलको ४४औँ मिनेटमा जिलेस्पीजंग कार्कीले आर्मीका लागि निर्णायक गोल गरेका थिए । जितसँगै १७ खेलबाट आर्मीको २४ अंक भएको छ । समान खेलबाट ३० अंकको चर्च ब्वाइज दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार