एपिएफले त्रिभुवन आर्मीलाई ३–० ले हरायो


काठमाडौं, २७ बैशाख । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएको छ ।
दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफले बाजी मारेको हो ।

४१ औं मिनेटमा एपिएफका अर्मान्ड बेडोमले टिमका लागि पहिलो गोल गरे । उनले लङबलमा गोल गरेका हुन् । आर्मीका डिफेन्डर दीपक गुरुङले उक्त बल रोक्न खोजे पनि सकेनन् । ५६ औं मिनेटमा हरी कार्कीको क्रसमा आभास लामिछानेले गोल लाइन नजिकैबाट उत्कृष्ट प्रहार गरे ।

तेस्रो गोल भने कप्तान नवीन लामाले खेलको ६२ औं मिनेटमा गरेका थिए । अर्मान्ड बेडोमले दिएको बललाई उत्कृष्ट फुटवर्कमार्फत फिनिस गर्दै उनले एपिएफलाई ३–० ले जिताए ।

आर्मी डिफेन्सकै कारण एपिएफसँग पछि रह्यो । यो हारसँगै आर्मी १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।

आर्मीलाई पछि पार्दै एपिएफ २२ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार