एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलको ट्रफी सार्वजनिक


काठमाडौं, २५ बैशाख । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरेका हुन् ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा हुँदैछ । प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् । सदस्यसचिव घिसिङले नेपाली टोलीलाई उपाधिका लागि शुभकामना दिए ।

संघका अध्यक्ष चन्दले प्रतियोगिताका लागि राखेपले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले २०८० सालको अन्त्यतिर काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने सोच रहेको बताए ।

कार्यक्रममा प्रतियोगिताका लागि ढोरपाटन क्लबले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । क्लबकी वरिष्ठ उपाध्यक्ष छलकुमारी छन्त्यालले भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार