फ्रेन्च कपको उपाधिमाथि टोलुजको कब्जा


एजेन्सी, १७ बैशाख । नान्टेसमाथि शानदार जीत हासिल गर्दै टोलुजले फ्रेन्च कपको उपाधिमाथि कब्जा जमाएको छ । खेलमा टोलुज ५–१ गोलले विजयी भएको हो ।

लोगन कोस्टाले खेलको १० मिनेटभित्र दुई गोल गर्दै टोलुजलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि थिज्स डालिङ्गाले दुई गोल गर्दै ३१ मिनेटभित्र टोलीलाई ४–० अग्रता दिलाए ।

दोस्रो हाफमा लुडोभिच ब्लासले नान्टेसका लागि एक गोल फर्काए पनि जाकारिया अबुखलालले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । टोलुस गत सिजनमात्र शीर्ष लिगमा प्रमोसन भएको थियो ।

यो सन् १९७० यता फ्रेन्च कपको फाइनलमा सबैभन्दा ठुलो अन्तरको जीत हो । त्यतिबेला सेन्ट एटिनेले नान्टेजलाई नै ५–० गोलले हराएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार