आन्ध्र प्रदेशमा फ्यानले बनाए अभिनेत्री सामन्थाको मन्दिर


एजेन्सी, १५ बैशाख । अभिनेत्री सामन्था रुथ प्रभुले शुक्रबार आफ्नो ३६ औँ जन्मदिन मनाउँदै छिन् । यसै अवसरमा आन्ध्र प्रदेशको बापल्टामा सन्दीप नामका एक फ्यानले अभिनेत्रीका लागि मन्दिर बनाएका छन् ।

सामन्थाको मूर्ति र मन्दिरका तस्बिरहरू यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । तर, अहिलेसम्म मन्दिरको विषयमा सामन्थाको कुनै प्रतिक्रिया आएको छैन ।

पिंकभिलाको रिपोर्ट अनुसार तेनाली सन्दीप नामका एक व्यक्तिले सामन्थाको जन्मदिनमा उनको सम्मानमा मन्दिर बनाएका हुन् । यति मात्र होइन फ्यानले घरमै आफ्नै हातले अभिनेत्रीको मूर्ति तयार गरेका थिए । उनको जन्मदिनमा मूर्ति अनावरण गरिने बताइएको छ ।

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने तेनाली सन्दीपले सामन्थालाई कहिल्यै भेटेका छैनन्, तर उनी उनको कामको ठूलो प्रशंसक हुन् । उनी सामन्थाको फिल्मका लागि पागल मात्रै होइन, उनको सामाजिक कामको पनि तारिफ गर्छन् ।सामन्थाले वर्षौंदेखि प्रत्युषा फाउन्डेसनमार्फत खाँचोमा परेकाहरूलाई सहयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार