बेलिङ्घमलाई अनुबन्ध गर्ने रियलको योजना


एजेन्सी, १५ बैशाख । अर्को सिजनको लागि १९ वर्षीय जुड बेलिङ्घम अझै रियल मड्रिडको मुख्य लक्ष्य रहेका छन् ।

उनलाई एक रणनीतिक अनुबन्धन मानिएको छ यसका लागि क्लबले गत १० महिनादेखि काम गरिरहेको छ ।

तर अझै पनि उनी क्लब आउने सुनिश्चत भइसकेको भने छैन । त्यसैले आगामी दिनहरूमा मड्रिडका अधिकारीहरू एक कदम अगाडि बढ्ने छन् र जर्मनीको यात्रा गर्दैछन् ।

बेलायती खेलाडीलाई जुन ३० देखि आफ्नो क्लबबाट खेलाउन विश्वस्त गराउने उनीहरुको एकमात्र उद्देश्य रहनेछ । विशेष गरी जनवरीदेखि मड्रिडले आफ्नो सम्पूर्ण शक्ति यसमा लगाइरहेको छ । तर सबै कुरा अझै खेलाडीको हातमा छ।

बेलिङ्घमलाई लिभरपुल र म्यानचेस्टर सिटीले पनि अनुबन्धन गर्ने प्रयास गरिरहेको छ । उनलाई अनुबन्ध गर्न कम्तिमा १० करोड युरो खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार