‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स र एपिएफले बराबरी खेल्दै अंक बाँड्यो


काठमाडौं, १४ बैशाख । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लब र विभागीय टोली एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार फ्रेन्ड्स र एपिएफले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा एपिएफले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन ।

२७औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको उत्साह जगाएका थिए । तर, ५२औं मिनेटमा फ्रेन्ड्सका राफिक अमिनुले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

एपिएफ र फ्रेन्ड्स दुवैको लिगमा तेस्रो बराबरी हो । बराबरीसँगै १३ खेलबाट १८ अंक बनाएको एपिएफ छैटौं स्थानमा छ । समान खेलबाट १५ अंक बनाएको फ्रेन्ड्स १०औं स्थानमा छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार