वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन


काठमाडौं, ७ बैशाख । नेपाली फिल्मका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ ।

उनको बिहीबार उपचारको क्रममा वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

डेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि क्षेत्रपाटी चिकित्सालय भर्ना भएका उनको स्वास्थ्यमा झन् समस्या देखिएपछि वीर अस्पताल पुर्याइएको थियो ।

विदेशी फिल्ममा समेत काम गरेका श्रेष्ठ दशकअघिदेखि फिल्ममा क्षेत्रमा सक्रिय छन् । देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमान लगायतका सयभन्दा बढी फिल्ममा काम गरेका श्रेष्ठका परिवारमा श्रीमती र छोरी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार