ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु


सर्लाही, ७ बैशाख । सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–११ भरतपुर बस्ने २९ वर्षीय श्रवणकुमार महतो र मोटरसाइकलमै सवार १२ वर्षीय विक्रमकुमार महतो रहेका छन् ।

बिहीबार बिहान सवा ७ बजे भएको दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–००१ ख् ८१५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार