इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटनामा घाइते


एजेन्सी, ४ बैशाख । इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटनामा परेर घाइते भएका छन् । रोममा उनको कार ट्रामसँग ठोक्किँदा उनको ढाड र करङमा चोट लागेको हो ।

३३ वर्षीय खेलाडीले गत शुक्रबार मात्र सिरिए एमा लाजियोले स्पेजियालाई ३–० गोलले हराउँदा गोल गरेका थिए ।

लाजियोले इमोबिलेको मेरुदण्ड चोट लागेको र दाहिने भागको करङमा फ्रयाक्चर भएको जानकारी दिएको छ । उनको अवस्था भने स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार