मनाङलाई हराउँदै जाउलाखेल शीर्ष स्थानमा


काठमाडौं, २ बैशाख । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दीमाथि शानदार जित हात पारेको छ । योसँगै जाउलाखेल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

शनिबार च्यासल मैदानमा भएको खेलमा जाउलाखेलले मनाङमाथि ३–० को जित निकालेको हो ।

खेलमा जाउलाखेलले चौथो मिनेटमै मसोअबिको गोलबाट आग्रता लिएको थियो । बाँकी दुई गोल भने इन्जुरी टाइममा भयो ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको पाँचौं मिनेटको पहिलो मिनेटमा फोफानाले गोल गरे । अन्तिम मिनेटमा मसोअबिले व्यक्तिगत दोस्रो गोल गरेपछि जाउलाखेलले महत्वपूर्ण तीन अंक हात पा¥यो ।

यो जितसँगै जाउलाखेल ९ खेलबाट १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको मनाङ १५ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार