कोलकाता ह्याट्रिक जितको दाउमा, हैदराबाद दोस्रो जितको खोजीमा


एजेन्सी, १ बैशाख । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि कोलकातास्थित इडेन गार्डेन मैदानमा सुरु हुनेछ ।

कोलकाताले हैदराबादलाई हराउँदै जितको ह्याट्रिक पूरा गर्ने दाउमा छ । उसले अघिल्लो दुई खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८१ रन तथा गुजरात टाइटन्सलाई ३ विकेटले हरायो । पहिलो खेलमा भने कोलकाता पञ्जाब किंग्ससँग ७ रनले पराजित भयो ।

हैदराबाद दोस्रो जितको खोजीमा छ । उसले अघिल्लो खेलमा पञ्जाब किंग्सविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने हैदराबादले क्रमशः राजस्थान रोयल्ससँग ७२ रन तथा लखनउ सुपर जायन्ट्ससँग ५ विकेटको हार बेहो¥यो ।

हेड टु हेडमा हैदराबादविरुद्ध कोलकाता हाबी देखिन्छ । २३ खेलमा एकअर्काको सामना गरेकामा कोलकाताले हैदराबादविरुद्ध १५ खेल जित्दा ८ खेलमा हारको सामना गरेको छ । हालसम्म कोलकाताले दुई तथा हैदराबादले एकपटक आइपिएल ट्रफी जितेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार