काठमाडौं, २७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी कूल १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा छन् ।
सोमबार २९ जना संक्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।


