‘ए’ डिभिजन लिगमा पुलिसको पहिलो जित


काठमाडौं, २७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पटक विदेशी खेलाडी टिममा राख्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

छैटौं चरणसम्म जितबिहीन हुँदै जम्मा १ अंक जोडेको पुलिसले सातौं चरणमा सोमबार फ्रेण्ड्स क्लबविरुद्ध घानाका दुई खेलाडी मैदान उतारेको थियो ।

विदेशी खेलाडी मवसेसे ग्याबाह टीवुनले पुलिसबाट डेब्यु गर्दै गोल पनि गरे । बुद्धबल तामाङको दुई गोल गरे र मोसेसको गोलमा पुलिसले एन्फा कम्प्लेक्समा फ्रेण्ड्सलाई हराएर यस सिजनको पहिलो जित निकालेको हो ।

जितपछि पुलिसले ७ खेलबाट ४ अंक जोडेको छ । पहिलो जितले राहत मिलेपनि पुलिस अझै रेलिगेसन जोनमै छ ।

फ्रेण्ड्सको पनि ७ खेलबाट ४ अंक नै छ । पुलिसले र प्रेण्ड्सले समान १ खेल जित्दा १ खेल बराबरी खेलेका छन् भने ५ खेलमा पराजित भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार