राप्रपाले देशमा भ्रष्टाचार हुन दिँदैन : धवलशमशेर जबरा


काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताएका हुन् ।

उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराएका छन् । उनले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेकोले उनीहरुलाई कानूनी कठघरामा लिनुपर्ने बताए ।

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न मागसमेत गरे । मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भएपनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने उनले माग गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार