जसपा बाराका अध्यक्ष पटेललाई जेल चलान गर्न अदालतको आदेश


बारा, २७ चैत । जिल्ला अदालत बाराले जनता समाजवादी पार्टी नेपाल बाराका जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार भएको थुनछेक बहसपश्चात् जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

राउतमाथि बाराको परवानीपुरस्थित एउटा जग्गा कीर्ते गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

पटेलले बाराको परवानिपुर गाउँपालिका–६ बहुअरीमा रहेको कित्ता नम्बर ४ को ६ बिगहा, वडा नम्वर–८ को कित्ता नम्बर १३४ को ३ बिगहा र कित्ता नम्बर १४८०, १०७८ र १४७९ गरि १८ कठ्ठा र वडा नम्बर–५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरि १० बिगहा र १५ कठ्ठा क्षेत्रफलको जग्गाको नक्कली कागजात बनाइ हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा प्रहरीले मुद्दा दायर गरेको थियो ।

पटेलले काठमाडौं बिशालनगरका विजयमणि दीक्षितको नाममा रहेको जग्गामा जनता समाजवादी पार्टीको झण्डा गाडेर कब्जामा लिई पोखरी खनेर माछा पालन व्यवसाय चलाउँदै वार्षिक लाखौं आम्दानी गरिरहेका थिए ।

जग्गाधनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीका लागि बाटो सिफारिस लिन बाराको वडा नम्बर–२ को वडा कार्यालय पुग्दा पटेलसहितको समूहले भौतिक आक्रमण गरि घाइते बनाएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार