अडियोमा सुनिएको स्वर आफ्नो नभएको ढकालको जिकिर


काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको आरोप अस्वीकार गरेका छन् ।

दुई करोड रुपैयाँको डिल गरेको सार्वजनिक अडियोमा सुनिएको स्वर आफ्नो नभएको उनको जिकिर छ ।

श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका छन् । पार्टीको म्यासेन्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको बताए ।

अडियो सार्वजनिक भएसँगै उनले आफूले दुर्गा प्रसाईंलाई नचिन्ने र कहिल्यै उनीसँग पैसा नमागेको दाबी गरेका छन् ।

आफूले मन्त्री बन्ने कुनै प्रयाससमेत नगरेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार