काठमाडौं, २६ चैत । केही दिन अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटीमा रिलिज हुने भएको छ ।
फिल्म सिनेमाघर एपमार्फत वैशाख १ गतेबाट रिलिज हुन लागेको हो । हलमा हेर्न छुटेका दर्शकका लागि लक्षित गर्दै फिल्म ओटिटिमा रिलिज हुन लागेको छ ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा राम्रो ब्यवसाय नगरे पनि समिक्षा भने राम्रो पाएको थियो ।
प्रेमकथामा निर्माण भएको फिल्ममा तेज गिरी र बेनिशा हमाल, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त फिल्ममा अतिथि भूमिकामा छिन् ।
चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।


