‘छक्का पञ्जा ४’ले पाँच हप्तामा कमायो २१ करोड


काठमाडौं, २६ चैत । फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ ।यस फिल्मले पाँच हप्तामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीको दाबी छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक–दीपा हुन् । फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

राजनीतिक विषयवस्तुमा आधारित फिल्म ‘छक्का पञ्जा ४’ हेमराज बिसी निर्देशित फिल्म हो । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायत कलाकारको अभिनय छ ।

छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको र शुक्रबार र शनिबारको कलेक्सन भने आउन बाँकी नै रहेको वितरक राठीको भनाइ छ ।

यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन । यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ले २४ करोड कमाएको थियो । यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार