‘उपनिर्वाचनमा सत्ता गठबन्धनको जित सुनिश्चित छ’


बारा, २३ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

बारामा जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन् ।

बाराको कलैया स्थित एक होटेलमा भएको भेटघाटमा चुनावी सहकार्यका विषयमा पनि छलफल भएको नेता नेपालले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गरे ।

सो क्रममा अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार