काठमाडौँ, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको जनाइएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समय देखि पार्टी एकताका लागि छलफल तथा गृहकार्य हुँदै आएको थियो । दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।
गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउनका लागि संयोजन समिति पनि गठन गरिएको थियो । महासचिव किरण र संयोजक कन्चनले संयुक्तरुपमा विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।


