मसिहा भन्नेहरूले मधेसका जनता ठग्ने बाहेक केही गरेनन् : अध्यक्ष ओली


बारा, २२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गरेका छन् ।

बुधबार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसी जनतालाई ठग्नेबाहेक केही नगरेको आरोप लगाएका हुन् ।

जसपा अध्यक्ष यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सीधा जनता देखेर बारा आएको ओलीले बताए ।

एमालेबाहेक अन्य दलले देश विकास गर्न नसक्ने दाबी गर्दै उनले भने, ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्ने बाहेक केही गरेनन् ।’

ओलीले भने, ’कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षड्यन्त्र अन्त गएर गर्नुपर्छ । अहिले उहाँ देश लुट्न बनेको दशदलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ उहाँ ।’

अध्यक्ष यादवप्रति थप कटाक्ष गर्दै उनले भने, ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला ।’ कांग्रेस र माओवादीले छाडेका बेला यादवलाई एमालेले साथमा लिएको, तर माथि पुगिसकेपछि उनको भूमिका त बेग्लै भएको भन्दै असन्तोष व्यक्त गरे ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार