गठबन्धनबाट तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी


तनहुँ, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

नेता भट्टराई आफ्नो उम्मेदवारी दर्ताका लागि कांग्रेसका महामन्त्री गगन थापासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए ।

भट्टराईका प्रस्तावकमा रघुनाथ पौडेल र समर्थकमा श्याम रमौति रहेका छन् ।

भट्टराई उम्मेदवारी दर्ता गर्न जाँदा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान समेत सहभागी भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार