बारा, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का डा.कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनमा रहेपनि नाउपाले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।
अन्सारीको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन् । सत्ता गठबन्धनबाटै जसपाका उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यादवलाई कांग्रेस, माओवादीलगायतका दलको समर्थन रहेको छ ।


