उपनिर्वाचनका लागि राप्रपाले तीनवटै क्षेत्रको उम्मेदवार टुंग्यायो


काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीनवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

राप्रपाको आइतबार बसेको संसदीय समितिको बैठकले बारा–२ मा सोनेलाल शाह, तनहुँ–१ मा शोभा गुरू र चितवन–२ मा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्य दलहरूले पनि उम्मेदवार तयार गरिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार