जनमत पार्टीले सरकार छोड्यो, मन्त्री खानले दिए राजीनामा


काठमाडौं, १७ चैत । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले सरकार छाडेको छ ।

जनमत पार्टीबाट संघीय सरकारमा सहभागी खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका हुन् ।

उनले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुईवटा मन्त्रालय दिनुपर्ने प्रधानमन्त्रीसँग माग राख्दै आएको थियो ।

नयाँ सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट सो मन्त्रालयको जिम्मेवारी नेता रमेश रिजालले पाउन लागेका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार