एजेन्सी, १७ चैत । भारतको इन्दौरमा रामनवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु त्यसभित्र खसेका थिए ।
बिहीबार भएको यो दुर्घटनामा परेकामध्ये शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै एकजना हराइरहेका छन् ।
१८ जनालाई भने जिवितै उद्धार गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । भारत सरकारले मृतकका आफन्तलाई २÷२ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।


