काठमाडौं, १६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी कूल ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।
मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउनसमेत निर्देशन दिएको छ ।


