रास्वपाको निर्वाचन संयोजकबाट कार्कीले दिए राजीनामा


काठमाडौं, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा–२ को निर्वाचन परिचालन समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजकबाट राजीनामा दिएका हुन् ।

आफूलाई दिइएको बारा–२ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीवहन व्यक्तिगत तथा स्वास्थ्यको कारणले गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुनसक्ने भएकाले पदबाट राजीनामा दिएको उनले बताए ।

कार्कीले पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरेको पत्रमा आफू संयोजक नरहे पनि उपचुनावका गतिविधिमा आफ्नो सामर्थ्य, विवेकले भ्याएसम्म खटिने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार