साउदी अरब : मक्का जाँदै गरेको बसमा आगलागी हुँदा २० को मृत्यु


एजेन्सी, १६ चैत । मक्का जाँदै गरेको बसमा असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । भने ३० जना घाइते भएका छन् । साउदीको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । यद्यपि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । यसमा सवार व्यक्ति साउदी अरबका साथै अन्य देशवासीहरु पनि थिए ।

सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिण–पश्चिम अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा एक बस पुलसँग ठोक्किएर पल्टिएको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।

न्युज च्यानल अल अरेबियाले दिएको जानकारी अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार